एचआरसी बाजुरा द्वारा बुढीनन्दा नगरपालिकालाइ स्वास्थ्य सामाग्रि सहयाेग

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १३ बिहिबार

जीवन कैला

कोरोना महामारीको प्रभावबाट बाजुरा पनि प्रभावित भै रहेका बेला विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री सहयोगलाई प्राथमिकतामा राखेका छन । कोरोनाको महामारीबाट बाजुरा नै अचुत नरहेको अवस्थामा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले स्वास्थ्य सामग्री वितरणलाई तिव्रता दिएका छन । यसैविच आज एचआरसी बाजुराले बुढीनन्दा नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

एचआरसी बाजुराका उपाध्यक्ष जनेश भण्डारीले आज बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकलाई विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रि हस्तान्तरण गर्नुभएको हो । एच आरसी बाजुराको आर्थिक सहयोगमा उपलब्ध भएको १० प्याकेट सर्जिकल मास्क, १० बोतल स्यानीटाइजर, ५ वटा पिपीइ सेट, ५ प्याकेट ग्लोव्स र ६ वटा अक्सीमिटर उपाध्यक्ष भण्डारीले बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक विकलाईलाइ हस्तान्त्रण गर्नुभएको वाल प्रयोजन संयोजक गोकर्ण शाहीले जानकारी दिनुभयो ।

स्थानिय अधिकार कार्यक्रम अन्र्तगत महामारीको समयमा कोभिड विरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै थोरै भए पनि सो सामग्री सहयोग गरेको उहाँले बताउनुभएको छ । कार्यक्रम लागु भएका हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकामा समेत कोरोना भाईरस कोभिड १९ वच्न स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गर्ने एचआरसी बाजुराले जनाएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल