आर्थिक अभावले उपचारमा समस्या

Radio Budhinanda FM -   BFM || २०७७ पुस २८ मङ्गलबार

नरजन तामाङ हुम्ला

आर्थिक अभावका कारण चंखेली गाँउपालिका २ का नगेन्द्र सुनारको उपचारमा समस्या भएको छ । 

कपालकोे नशा च्यापिएर बिरामीले थला परेका सुनार विगत तीन महिनादेखि  उपचार नपाउदा  ओछ्यानमा थला परेका छन । 

तीन वर्षअघि कपालको नशा च्यापिएर उपचारमा काठमाडौं पठाएपनि आर्थिक अभावले छोरा उपचार हुुुन नसकेको उनका बुबा पौमल सुनारले जानकारी । 

छोरालाई उपचारमा काठमाडौं पठाईएको हो आर्थिक अभावले तीन महिनादेखि कोठमै थला परेको छ अरू केही विकल्प छैन पैसा छैन सुनारले दुखेसो गरे ।

घरको जग्गा जमीन पनि उपचारमा खर्चको लागि बिकि गरेपनि आर्थिक नपुगेको पौमल सुनारको भनाई छ । बिरामीले थला परेका नगेन्द्र सुनारले उपचार आर्थिक अभावले महिनौदिनदेखि अछयानमै थला परेको दुखेसो गरे । उनले भने उपचार सहयोग गरिदिन हुन देश विदेशमा रहनु भएका सम्पुर्ण लाई  समेत आग्रह गरेका छन । सुनारलाई आर्थिक सहयोग गर्न उनको मोबाईल नम्बर ९८४५४४२९३३मा सम्पर्क गरि आवश्यक सहयोग समेत गर्न सक्नेछन ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल