आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु भएको छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक सुरु भएको हो ।
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयाेजन संयन्त्रकाे आयाेजनामा संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे तेस्राे राष्ट्रपति पदका लागि २०७९ फागुन २५ गते हुने निर्वाचनमा ८ राजनितिक दलकाे तर्फबाट उम्मेद्वार हुनु भएका माननिय रामचन्द्र पाैडेललाई निर्वाचित गराउन सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूका लागि आयाेजित १ दिने अभिमुखिकण कार्यक्रम गाेदावरीमा संचालन भएकाे थियाे ।
केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरी स्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको हो । नेकपा माओबादी नेपाली कांग्रेस, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित भएकन थिए ।
राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन आज सुदूरपश्चिमका ४ दलका सांसदहरूलाई प्रशिक्षण गराईएकाे थियाे ।