LIVE FM

फागुन भित्रै बस सेवा सञ्चालन गर्न मन्त्री शाहीको निर्देशन ।

  • BFM
  •    
  • February 21, 2023

रेडियो बुढीनन्दा कोल्टी बाजुरा ।
सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुण्डा क्षेत्रमा नियमित यातायात सेवा संचालन गर्न यातायात ब्यवसायीलाई निर्देशन दिनुभएको छ । सुदुरपश्चिम यातायात प्रालिका संयोजक अनन्तराज जोशी र सहसंयोजक तथा कोषाध्यक्ष गोविन्द शाह लगायत सम्पुर्ण यातायात ब्यबसायीसंग छलफलमा गर्दै उहाँले फागुन भित्रै कुण्डा क्षेत्रमा नियमित बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
कुण्डा क्षेत्रका स्थानियले महंङ्गो भाडा तिरेर असुरक्षित सडक यात्रा गर्न वाध्य भएको स्मरण गर्दै उहाँले अब यो समस्या चाडै समाधानका लागि आफुले पहल गरीरहेको बताउनुभयो । उहाँले सडकको अवस्था राम्रो नभए पनि सडक निर्माण कम्पनिलाई तत्काल सुधार गर्न लगाउने र तत्काल बस सेवा सञ्चालन गर्न पहल गरीने बताउनुभयो ।
यातायात ब्यवसायीले भने अवरुद्ध भएको सडक मर्मत गर्न पहल गरीदिन अर्थ मन्त्री शाहीलाई अग्रह गरेका छन । मन्त्री शाहीले अबको एक हप्ता भित्रै सडक सुधार गर्न निर्देशन दिने बताउनुभयो । गृह जिल्ला बाजुराको भ्रमणमा रहनुभएका मन्त्री शाही जिल्लाका विभिन्न स्थानिय तहले आयोजना गरेका कार्यक्रममा सहभागि हुदै विभिन्न निकायका प्रतिनिधि संग निरन्तर छलफल गरीरहनुभएको छ ।

ताजा समाचार

ताजा समाचार