LIVE FM

प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

  • BFM
  •    
  • February 21, 2023

रेडियो बुढीनन्दा कोल्टी बाजुरा ।
सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ । आज बुढीनन्दा नगरपालिकाले कोल्टीमा आयोजना गरेको चीयापान तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री शाहीले यस्तो बताउनुभएको हो । उहाँले पार्टी जुनसुकै भए पनि बाजुराको समग्र विकाशका लागि सवै पार्टीले हातेमालो गर्नु पर्ने बताउनुभयो ।
पार्टी अलग होला, धारणा र सिद्धान्त फरक होला तर सवैले गर्ने विकाश एउटै बाजुराका लागि हो भन्दै उहाँले बाजुराको विकास अपरिहार्य रहेको बताउनुभयो । बाजुराका नांै वटै स्थानिय तहमा फरक फरक पार्टीका नेताले जितेको बताउदै मन्त्री शाहीले जुन स्थानिय तहमा जुन पार्टीका नेताले जीते पनि प्रदेशबाट विनियोजन हुने बजेटमा कुनै विभेद नहुने बताउनुभयो ।
नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदश्य समेत रहनुभएका मन्त्री शाहीले आफ्ना पार्टीका नेताले जीतेको स्थानिय तहमा थोरै बढि र अर्का पार्टीका नेताले जीतेको स्थानिय तहमा कम बजेट विनियोजन नभई आफुले सवै स्थानिय तहका लागि समान बजेट विनियोजन गरिने बताउनुभयो । विगतका दिनमा टुक्रे योजना बाड्दै आसेपासेलाई पोस्याउने प्रवृतिले गाउँ समाजमा विकाश नभएको भन्दै उहाँले अव स्थानियलाई आबश्यक पर्ने योजनालाई मात्रै प्राथमिकता दिने बताउनुभयो ।
स्थानिय सरकारले ब्यक्तिगत योजना भन्दा पनि सिङ्गो समुदायलाई समेट्ने गरी ठुला योजना छनोट गरी प्रदेशमा पठाएको खण्डमा सोही अनुरुप बजेट विनियोजन गरीने उहाँको भनाई छ । बुढीनन्दा नगरपालिकाको कार्यालयमा नगरप्रमुख जनक कुमार बोहोराको अध्यक्षतामा संञ्चालन भएको स्वागत तथा चियापान कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही रहनुभएको थियो ।
मन्त्री शाहीले आजै स्वामी कार्तिक खापर गाउँपालिकाको केन्द्र सुइजिउला वाई पुगेर गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले विगतमा योजना माग गर्न कमिसन खाने र दिने गरेको खुलासा भएको भन्दै त्यस्तो गर्ने र गराउनेलाई जेल हालिने बताउनुभयो ।
जनताको विकास योजनामा कमिसनको खेल हुने र यसले भ्रष्टाचार बढेको भन्दै त्यस्तो अपराध अक्षम्य हुने बताउनुभयो । उहाँले गाउँपालिकाको वडा नं एकमा रहेको मुक्तिकोट लगायत उच्च जोखिममा रहेका वस्ति स्थानान्तरणका लागि ठोस योजना बनाउने, गाउँपालिकालाई सडक सञ्जालमा जोड्न पुल निमार्णको प्रक्रिया यथा शिघ्र अगाडि बढाउने बताउनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष भरत रोकायाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि मन्त्री शाही रहनुभएको थियो । कार्यक्रममा नेकपा एसका जिल्ला सचिव निरवहादुर शाही लगायत विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, गाउँपालिकाका उपाध्यक्ष मैना जोशी लगायत जनप्रतिनिधिहरु, कर्मचारी र आम सर्वसाधारणको उल्लेख्यनिय सहभागिता रहेको थियो ।

ताजा समाचार

ताजा समाचार