LIVE FM

मुक्तिकोटका विपन्न परीवारलाई राहात वितरण ।

  • BFM
  •    
  • February 18, 2023

रेडियो बुढीनन्दा कोल्टी बाजुरा ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक मुक्तिकोटका विपन्न समुदायलाई राहात वितरण गरीएको छ । स्टार ग्रुप र किडाक नेपालको सहयोग तथा गाउँपालिकाको समन्वयमा मुक्तिकोटका विपन्न परीवारलाई राहात वितरण गरीएको हो । शुक्रवार मुक्तिकोटमा एक कार्यक्रमको आयोजना गरी मुक्तिकोटका १ सय २० परीवारलाई खाद्यान्नका सामाग्रि, लत्ता कपडा र पोषणका सामाग्रि वितरण गरीएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

कुपोषबाट ग्रसित वालवालिका, एकल महिला, र गर्भवति तथा सुत्केरी आमालाई लक्षित गरी राहात वितिरण भएको उहाँले बताउनुभयो । मुक्तिकोटका २६ जना कुपोषित वालवालिका, ३२ जना गर्भवति महिला, ४० जना एक वर्ष मुनिका वालवालिका, ५ जना एकल महिला, ९ जना अपाङ्ग र ८ जना असहाय वालवालिका गरी १ सय २० परीवारका प्रत्यक परीवारलाई १२ हजार वरावरको राहात वितरण भएको अध्यक्ष रोकायाले बताउनुभयो । विपन्न समुदायका स्थानियलाई लक्षित गरी खाद्यन्न, लत्ताकपडा र पोषणका सामाग्री वितरण गरीएको किडाक नेपालका कार्यक्रम संयोजक पदम बठायतले बताउनुभयो । विशेष गरी गाउँमा न्युन आय भएका व्यक्तिको घरपरिवारलाई खाद्यन्न र लत्ताकपडा लगायत विभिन्न सामाग्री हस्तान्तरण गरीएको उहाँले बताउनुभयो ।
प्रत्येक घरपरिवारलाई ७५ केजी चामल, तीन केजी चना, १० पाकेट तेल, ५ पाकेट नुन, १ सेट बलाङ्गकेट, ५ पाकेट पोषणको सामाग्रि, २ किलोग्राम चिनी, २ किलोग्राम मुसोरोको दाल, २ किलोग्राम मासको दाल, साबुन, लगायतका विभिन्न सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक कठायतले बताउनुभयो ।
यस अघि पनि मुक्तिकोटमा विभिन्न समयमा राहात वितरण गरीदै आएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताउनुभयो । कुपोषणको चपेटामा रहेको मुक्तिकोटलाई गाउँपालिका तथा विभिन्न संघसंस्थाको सहयोगमा पटक पटक राहात वितिरण गर्ने गरीए पनि पुग्दो नभएको उहाँले बताउनुभयो । मुक्तिकोटको वषांंै देखिको समस्या अन्त्यका लागि गाउँपालिकाले दिर्घकालिन योजना तयार गरीरहेको अध्यक्ष रोकायाले बताउनुभयो । खेतियोग्य जमिन प्राप्त नभएको र कमाईका लागि वर्षेनि भारत जानु पर्ने मुक्तिकोटको बाध्यता अन्त्य गर्न गाउँस्तरमा विकाश निमार्ण संगै रोजगारीका अवसर सृजना गरीने उहाँले बताउनुभयो ।

ताजा समाचार

ताजा समाचार