LIVE FM

नेकपा एसकाे विद्यार्थी संगठनले चुनावमा ​’एक बुथ सय विद्यार्थी युथ’ खटाउने

  • BFM
  •    
  • September 16, 2022

काठमाडौँ-

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे केन्द्रीय कमिटीकाे पहिलाे विस्तारित बैठकले मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेश निर्वाचनमा ​ ‘एक बुथ सय विद्यार्थी युथ’ स्वयंसेवक परिचालन गर्ने भएकाे छ ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले संघीय र प्रदेश निर्वाचनमा अनेरास्ववियुको भूमिका प्रभावकारी बनाउन निर्वाचन परिचालनका लागि संगठनका अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा ११११ सदस्यीय अनेरास्ववियु जनपरिचालन समिति निर्माण गर्दै १७ बुँदे निर्णय गरेकाे हाे ।

भदाै १२ र १३ गते बसेकाे ​बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र र सम्मानित नेता कमरेड झलानाथ खनालको प्रमुख आतिथ्यतामा समापन सत्रसहित अन्य पार्टी नेताहरू र अनेरास्ववियूका पूर्व नेताहरूको उपस्थितिमा अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक सम्पन्न भएकाे थियाे । साे बैठकबाट समसामयिक शैक्षिक राजनीतिक निर्णयहरू पनि पारित गरिएकाे छ ।

निर्णयहरू :

यही मिति २०७९ भाद्र १२ र १३ गते नेकपा (एकीकृत समाजवादी) का श्रदेय अध्यक्ष कमरेड माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र र सम्मानित नेता कमरेड झलानाथ खनालको प्रमुख आतिथ्यतामा समापन सत्र सहित अन्य पार्टी नेताहरु र अनेरास्ववियूका पूर्व नेताहरुको उपस्थितिमा अनेरास्ववियू केन्द्रीय कमिटीको प्रथम विस्तारित वैठकवाट पारित समसामयिक शैक्षिक राजनितिक निर्णयहरु :

१. यही मंसीर ४ गते हुन गइरहेको संघीय र प्रदेश निर्वाचनमा अनेरास्ववियूको भूमिका प्रभावकारी वनाउन निर्वाचन परिचालनको लागि संगठनका अध्यक्ष कमरेड सुदेश पराजुलीको संयोजकत्वमा ११११ सदस्सीय अनेरास्ववियू जनपरिचालन समिती निर्माण गर्नुका साथै “एक वुथ सय विद्यार्थी युथ” स्वयमसेवक परिचालन गर्ने निर्णय गरिएको छ।

२. अनेरास्वविय साम्राज्यवाद र वैदेशिक हस्तक्षेपका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको तथ्य जगजाहेर नै छ । केही समय अघि अमेरिकी संसदका अधिकारी न्यान्सी पालेसी लगायतको ताइवान भ्रमण एक चीन नितिका विरुद्ध रहेकोले अनेरास्ववियूले एक चीन नितिको पक्षमा दृढ रहने निर्णय पारित गरेको छ । विश्व साम्राज्यवादको नेतृत्वकर्ता अमेरिकाले प्रजातन्त्रका नाममा संसारका विभिन्न मुलुकहरुमा गरिरहेको हस्तक्षेपप्रति अनेरास्ववियू केन्द्रीय कमिटी खेद प्रकट गर्दै विश्वमा छरिएर रहेका साम्राज्यवाद विरोधी समाजवादी शक्तिहरु एकजुट हुन वैठकले अपिल गरेको छ।

३. लामो समयदेखि चलिरहेको युक्रेन-रसिया युद्धमा अमिरिकी शैन्य संगठन NATO को उक्साहटमा भईरहेको युक्रेन र रसियाको वीचको युद्ध रोकी शान्ती वार्ता मार्फत समस्याको समाधान गर्न यो वैठकले हार्दिक अपलि गरेको

४. संसदीय व्यवस्था, संविधान र लोकतन्त्रका मूल मर्मलाई कुल्चिने र फेरि संसदीय निर्वाचनमा भोट माग्ने र जनता झुक्याउने यो व्यवस्था विरोधी हर्कतका विरुद्ध आसन्न निर्वाचनमा अग्रगमनको पक्षमा र प्रतिगमनकारी केपी ओली तानाशाही प्रवृतिका विरुद्धमा जनमत श्रृजना गर्न विद्यार्थी जागरण अभियान संन्चालन गर्ने निर्णय गरेको छ।

५. सरकारी तथा सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको उपचारको लागि सरकारी अस्पतालको ओ.पि.डी. सेवा निशुल्क र अन्य स्वास्थ्य सेवामा ५० प्रतिसत सहुलियत गर्न अनेरास्ववियू नेपाल सरकार, स्वास्थ्य मन्त्री र राज्य मन्त्रीलाई बैठकको उदघाटन सत्रमा एस एम एस गरी गरियो र कार्यान्वयनको लागि थप दवावमुलक अभियान संचालन गर्ने निर्णय गरियो।

६. केही सरकारी विद्यालयहरुमा संविधानको मर्म विपरित शुल्क लिई दुई खाले कक्षा संचालन भईरहेको प्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ । यो दोहोरो तथा विभेदकारी शिक्षा नितिको अन्त्यका लागि दवाव, जागरणको अभियान सुरु गर्ने वैठकले निर्णय गरेको छ।

७ निजि शैक्षिक संस्थामा भइरहेको मनपरी ढंगले चर्को शुल्क वृद्धि तत्काल रोक्न सम्वन्धित निकाय र राज्यसंग जोडदार माग गर्दै मन्टेश्वरीहरूमा भइरहेको चर्को शुल्क नियन्त्रण र अनुगमन गरी नेपालको संविधान प्रदत्त शिक्षा सम्वन्धि मौलिक अधिकार कार्यान्वयन गर्न माग गर्ने निर्णय गरियो ।

ताजा समाचार