LIVE FM

३० वर्षिय योगी नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नं ख बाट सिफारीस ।

  • BFM
  •    
  • September 5, 2022

सर्मिला राेकाया

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं ६ का सुरेन्द्र नाथयोगी नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नं खबाट सिफारीस हुनभएको छ । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सवै भन्दा कान्छो उम्मेदवारका रुपमा सिफारीस हुनुभएको हो ।

विद्यार्थी जीवन देखि राजनितिकमा प्रवेश गरी नेबिसघं तथा बिभिन्न पद तथा ओहोदामा आवद्ध रही आउनुभएका योगी सिफारीस हुनभएको हो । २०४९ सालमा जन्म भै १२ बर्षको उम्मेरमै आमाले गरेको भर्द भलाध्मी राजनितिको सिको गर्दै आफुले पनि राजनितिमा प्रवेश गरेको बताउनुभएको छ ।

उहाँले २०६१ साल देखी २०६५ साल सम्म उमाविमा नेबिसघंको बिभिन्न पदमा आवद्ध रही आएको र २०६६ देखि ६७ साल सदरमुकाम मार्तडीमा रहेको मालिका उमाविबाट नेबिसघंको अध्यक्ष भएर काम गरेको बताउनुभयो । नेपाली काँगेस, नेबिसघं जिल्ला कार्य समिति सद्स्य, व्यापारी, व्यवसायी, सन्चार मिडीया, सहकारी, यातायात व्यवसायी, खेलाडी, विद्याथीर्, गरीब, असाय, पिछडीयका वर्गका बिभिन्न सवालमा काम गर्दै स्वास्थ्य, खानेपानी, विद्युत लगायतका क्षेत्रमा नेतृत्व गरी सामाजिक अभियन्ता समेत रहनुभएको छ ।

आफुले गरेको कामको आधारमा पाटीले उम्मेदवारका रुपमा अगाडी सराएको उहाँले बताउनुभयो ।

ताजा समाचार

ताजा समाचार