LIVE FM

एक साता देखि ताजाँकोटमा भाईरल ज्वरोका विरामी बढ्दै, स्वास्थ्य संस्थामा अैाषधि अभावका कारण उपचारमा समस्या

  • BFM
  •    
  • September 4, 2022

वैज्ञानिक शर्मा

हुम्लाको ताजाँकोट गाउँपालिका वडा नं एकमा करीव एक साता देखि रुघाखोकी र भाईरल ज्वरोका विरामी बढ्न थालेका छन । गाउँका स्थानियमा रुघाखोकि र ज्वरोको समस्या वढ्न थालेको स्थानियले बताएका छन । स्वास्थ्यकर्मी टोल टोलमा पुगेर चेकजाँच र उपचारमा खटिए पनि विरामीको संख्या घट्न सकिरहेको छैन । स्वास्थ्य संस्थामा दैनिक स्वास्थ्य चेकजाँचका लागि पुग्ने विरामीले उपचार समेत पाउन नसकेका स्थानियले गुनासाे गरेका छन । भाईरल रोगका कारण विद्यालयको पठन पाठन समेत अवरुद्ध भएको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई संगै राखेर अध्ययन अध्यापन गर्नु पर्ने हुदा एक अर्कामा रोग सर्ने डरले विद्यालय वन्द गर्नु परेको उहाँले बताउनुभयो । विरामीमा पहिले पहिले सामान्य लक्षण देखिए पनि पछि विस्तारै श्वासप्रश्वासमा समेत जटिल समस्या देखिने गरेको गोठेलवाडा सामुदायिक स्वास्थ्य ईकाई केन्द्रका हेल्थ असिस्टेन्ट विशाल धमलाले बताउनुभयो । स्वास्थ्य संस्थामा आंैषधिको अभाव भएका कारण उपचारमा कठिनाई भएको हेल्थ असिस्टेन्ट धमलाले बताउनुभयो । भाईरल रोगको समयमा निदान हुन नसकेको खण्ड वा चाडै उन्मुलन गर्न नसके ठुलो क्षेति हुन सक्ने स्थानियको आंकलन छ ।

ताजा समाचार