LIVE FM

क्यान्सर पिडीत मल्ललाई आर्थिक सहयोग ।

  • BFM
  •    
  • August 25, 2022

सर्मिला राेकाया

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ छातीकोटका ब्लड क्यान्सर पिडीत विनोद मल्ललाई आर्थिक सहयोग जुटेकाे छ । बाजुरा र कैलाली तथा हाल रोजगारीको शिलशिलामा छिमेकी देश भारतमा रहेका नेपालीहरुले उनको उपचारका लागि भन्दै २१ हजार बढी सहयोग गरेका हुन । भारतमा रहेका लोकेन्द्र विक, लालविर चदारा र जसि विकको विशेष पहलमा सहयोग रकम जुटाएको त्यहाँबाट भुवन सार्कीले जानकारी दिनुभएको छ ।

सहयोग गर्नेमा बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीका भुवन सार्कीले ५ सय , हरीकवलका चन्द्रराम लुहारले ३ सय २०, का वडा नं ५ खोयाका जशि विक ८ सय, कृष्ण विकले ८ सय , विधा विक ४ सय ८०, मनलाल लुहारले ४ सय ८०, झग नेपाली ३ सय २०, मंगल लुहार ३ सय २०, वडा नं ५ विरसैन बिरु लुहार ८ सय , जोविन्द चदाराले ८ सय, घमण्ड पाध्याले ३ सय २०, वडा नं ५ काप्कोटका लालविर चदाराले ८ सय, मनलाल चदारा ८ सय, सिंह बहादुर चदारा ८ सय, डबल बोगटीले ८ सय, विर्ख बडुवाल ८ सय, विजय बडुवाल ६ सय ४०, नन्दविर चदाराले ८ सय, वडा नं ५ का पुमदासले ८ सय सहयोग गरेका छन ।

त्यस्तै वडा नं ५ छातीकोटकै गोकुल बहादुर मल्ल ९ सय ६१, हस्त मल्लले ८ सय ८१, वडा नं २ कोल्टीका जगता सार्कीले १ सय ६०, वडा नं ३ सिराडीका कमल साहानीले ६ सय ४०, वडा नं ६ कोटीलाका शान्ती शाहीले ३ सय २८, रंगमल लुहारले ३ सय २०, वडा नं ७ सेरकाटियाका नरेश विकले ३ सय २०, कमल विकले ८ सय , वडा नं ७ जेठारीवाडाका कुसल जेठाराले ८ सय, हिमाली गाउँपालिका वडा नं ७ बाधँुका महेन्द्र अधिकारी ८ सय आर्थिक सहयोग गरेका हुन ।

जगन्नाथ गाउँपालिका वडा नं एक ढाडाकोटका हेमन्त विकले ३ सय २०, वडा नं २ हुनीका जितु ओडले १ सय ७७, बडीमालिका नगरपालिका वडा नं ६ कोर्धका दिलिप बडुवालले ८ सय ८१, धन बडुवालले ८ सय ८, रमेश बडुवालले ३ सय २८, कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १२ जगेडा सीगाउँका लोकेन्द्र विक ९ सय ६०, बौनियाँ ७ का सुवासले परिवारले १ सय ६० गरेर जम्मा २१ हजार ७ सय ४७ रुपैयाँ सहयोग संकलन भएको छ ।

ताजा समाचार

ताजा समाचार