टेकेन्द्र बोहरा
नेपाल पत्रकार महासँघ बझाङ साखाले दिदै आएको जयपृथ्वी पत्रकारीता पुरस्कार नेपाल पत्रकार महासँघ बझाङका निवर्तमान अध्यक्ष जगदिस रोकाया र रेडियो जनमुखी एफ,एमलाई दिएको छ ।
राष्ट्रिय विभुति तथा मानवतावादी व्याक्तित्व जयपृथ्वी बहादुर सिहको १४६ औ जन्म जयन्ती मानवतावाद जयपृथ्वी र अवको यात्रा विषयएक विचार गोष्टी तथा पत्रकार सम्मान र पुरस्कार बितरण कार्यक्रमा पुरस्कीत गरीएको नेपाल पत्रकार महासँघ बझाङ साखाका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनुभयो ।
रोकायाले भन्नुभयो गत वर्षबाट हामीले जिल्लामा निरन्तर कार्यरत पत्रकार र सञ्चार माध्यमलाई दिने गरेको जयपृथ्वी पत्रकारीता पुरस्कार यस वर्ष काम कर्तव्य र उत्कृष्ट मुल्याङ्कनका आधारमा बझाङ जिल्लावाट रेडियो नेपालमा कार्यरत पत्रकार जगदिस रोकाया र बझाङ जिल्लामा ६ वर्षदेखी निरन्तर सञ्चालित सामुदाएक रेडियो रेडियो जनमुखी एफ,एम ९७ मेगाहर्जलाई दिएको बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महाँसघ बझाङका सस्थापक सचिव नरेश खड्काको सम्झनामा े दिदै आएको नरेश स्मृती पत्रकारीता पुरस्कार सामुदाएक रेडियो रेडियो थलाराका प्रवन्ध निर्देसक पदम खड्का र साईपाल एफ,एममा कार्यरत पत्रकार तरुणा जोशीलाई दिएको छ ।
कार्यक्रममा जिल्ला समन्य समितीका अध्यक्ष नरवहादुर बोहरा, जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल, उपमेयर रतन सिह, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, पत्रकार बसन्तप्रताप सिह,सत्यवादी माध्यामिक विध्यालयमा कार्यरत शिक्षक लक्ष्मण प्रशाद उपाध्याए, विष्णुभक्त जोशी र मस्टा गाँउपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले मानवातावाद जयपृथ्वी र अवको यात्राको बारेमा आप्नो मन्तब्य राख्नुभएको थिायो ।