LIVE FM

सातदिन संसद बैठक स्थगित, नागरिकता विधेयक अलपत्र

  • BFM
  •    
  • August 23, 2022

काठमाडौं । प्रतिनिधिसभा बैठक एक साता स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्नीप्रसाद सापकाेटाले एक सातका लागि बैठक स्थगित गरेको घोषणा गरेका हुन् ।

मंगलबार पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधिसभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेको थियो । अर्को बैठक भदौ १३ गते बस्ने छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकपनि १२ भदौ सम्मका लागि स्थागित छ । नागरिकता संशोधन विधेयक अहिले राष्ट्रियसभामा छलफलका लागि अड्किएको छ ।

प्रतिनिधिसभाको बैठक मंगलबार केही समय बसेर स्थागित भएको छ । नेकपा एमालेको मंगलबार स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

आजको बैठकमा कानूनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।

ताजा समाचार