LIVE FM

राजकीय सम्मानका साथ नेता गिरीको अन्त्यष्टी ।।

  • BFM
  •    
  • August 21, 2022

सिआइएन, काठमाण्डौं

नेपाली काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्तिम सस्कार गरिएको छ । पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न काँग्रेस शिर्ष नेता, कार्यकर्ता अन्य राजनितिक दलका नेता कार्यकर्ता तथा शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । अन्त्येष्टिअघि काँग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गर्दै गिरिको शवलाई पशुपति आर्यघाटमा लगिएको थियो । पशुपति आर्यघाटमा गिरिको शवमा उहाँका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिनुभएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका उच्च पदस्थ व्यक्तिहरूले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । गिरिका शुभचिन्तक तथा समर्थकको पनि ठूलो संख्यामा उपस्थिति थियो । यसअघि विभिन्न दलका नेता कार्यकर्ता काँग्रेसको पार्टी कार्यालय सानेपामा पुगेर काँग्रेसका नेता गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रामचन्द्र पौडेल लगायत नेताले उहाँको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओडाएका थिए । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरिको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा हिजो राति ९ ः ३० बजे निधन भएको हो । गिरि घाँटीको क्यान्सरबाट पीडित रहनुभएको थियो ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले काँग्रेस नेता गिरिको निधनले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनुभएको हो । राष्ट्रपति भण्डारीले, उहाँको निधनबाट एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व राष्ट्रले गुमाएको बताउनुभएको छ । यस्तै, प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले नेता गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ । गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिका वैचारिक र समाजवादी चिन्तक गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभएको हो ।

त्यस्तै गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी चिन्तक गिरिले समाज रुपान्तरणका लागि ठूलो योगदान पु¥याएको बताउनुभयो । देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उहाँको भनाइ थियो । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठवान र अध्ययनशील व्यक्तित्व गुमाएको बताउनुभयो । त्यस्तै लोसपाका नेता राजेन्द्र महत्तोले गिरिको निधनले मुलुकले परिवर्तनको पक्षमा आवाज उठाउने व्यक्ति गुमाएको धारणा राख्नुभयो ।

ताजा समाचार