LIVE FM

६ वर्षिया सुबिक्षा भियाल कर्णाली नदीमा बेपत्ता ।

  • BFM
  •    
  • August 20, 2022

सर्मिला राेकाया

हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ जैर(तुम्च) घर भएकी ६ वर्षिया सुबिक्षा भियाल कर्णाली नदीमा बेपत्ता भएकी छन् । भदौ २ गते दिउसो करिब २ बजेको समयमा कर्णाली नदिमा पानि लिन गएको अबस्थामा नदिमा खसेर बेपत्ता भएको पारीवारीक स्रोतले जनाएका छ । बालुकुना स्थित अस्थायी प्रहरी चौकीको नजिकै कर्णाली नदिमा पानी लिन गएको अबस्थामा नदिमा खसेको र कर्णाली नदीमा पानीको बहाब बढेकाले अहिले सम्म नभेटाएको गल्फागाड प्रहरी चौकीका ईन्चार्ज चक्र बहादुर बुढाले बताउनुभयो । उहाँले कर्णाली नदिमा पानीको बहाब निकै बढेको छ । त्यतीबेलैबाट खोजीकार्य गरी रहेका छौ तर पनि अहिले सम्म भेटाउन नसकेको बताउनु भएको छ । निज बालीकाका घरपरिवारले बालुकुनामा होटल ब्यबसाय गरी बसी रहेका छन् । स्थानिय रमेश भियालकी ६ वर्षिया छोरी र उनको मामा सँगै पानी लिन गएको अबस्थामा कर्णाली नदिमा परे पछि सानो मामा फकिएर आएको तर भान्जी(सुबिक्षा भियाल) एक्कासी नदिमा परेर बेपत्ता भएको बताउनुु भएको छ । हाल खोजी कार्य भैरहेको भए पनि उनलाई भेटाउन नसकिएको र कर्णाली करिडोरमा भएका सबै चौकीलाई खबर गरी सकिएको बताइएको छ ।

ताजा समाचार