LIVE FM

रेडियो बुढीनन्दाको समाचार प्रभाव दुर्सु पोख्रा खानेपानीका कामदारले पारीश्रमिक पाए ।

  • BFM
  •    
  • August 19, 2022

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ को दुर्सु पोख्रा खानेपानी योजनाको निमार्ण कार्यमा जुटेका स्थानियले पारिश्रमिक पाएका छन । गत साउन ३० गते रेडियो बुढीनन्दाबाट पारिश्रमिक नपाएको समाचार प्रसारण भएपछि आज रकम पाएका हुन । सदुरपश्चिम प्रदेश सरकारको आर्थिक लगानिमा निर्माण हुदै आएको पञ्चवर्षिय योजनाको दोश्रो वर्षको रकम एक महिना विति सक्दा पनि कामदारले नपाएको गुनासो साउन ३० गते आएको थियो ।

दुर्सु पोख्रा खानेपानी योजनाको निमार्ण कार्य सम्पन्न भई रकम निकासा भएको महिना दिन विति सक्दा पनि कामदारले पाउनु पर्ने रकम पाउन नसकेका कामदारले गुनासो गरेका थिए । दोस्रो वर्ष खानेपानी निमार्णका लािग प्रदेश सरकारबाट १० लाख ५० विनियोजन भएको रकमको ३ लाख ५० हजार पहिले विरतण भैसकेको र बाँकी रकम आज वितरण गरेको सचिव मुकुन्द मल्लले जानकारी दिनुभएको छ ।

गत साउन पहिलो सातामा निकासा भएको रकम निमार्ण समिती भित्र मनमोटाव हुँदा र अध्यक्ष मिन बहादुर मल्लको स्वास्थ्यमा समस्या आउँदा लामो समय सम्म वितरण हुन नसकेको उहाँले स्वीकार्नुभएको छ । यस अघि कामदारले पाउनु पर्ने पारीश्रमिकको हिसाव किताव नभएको र हिसाव किताव गर्नु पर्याे भन्दा उपभोक्ता समितिका पदाधिकारीले उल्टै धम्की दिने गरेको भन्ने उहाँहरुले आरोप लगाएपनि त्यसो नभएको उहाँले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर मल्लले रकम हिनामिना नभई समयमै वितरण गरेको र राजनितिक आक्षेप लगाएर विभिन्न लाञ्छना लगाउने प्रयास गरेको बताउनुभएको छ । विकास निमार्णमा कसैले राजनैतिक प्रतिसोध नराखी आ आफ्नो ठाउँबाट आ आफ्नो काम गर्न आवश्यक रहेको उहाँले भनाइ छ ।

ताजा समाचार

ताजा समाचार