LIVE FM

बाजुरामा २२ हजार बढी बालबालिकालाई फाईजर खोप लगाइदैं ।

  • BFM
  •    
  • August 19, 2022

सर्मिला रोकाया, रेडियो बुढीनन्दा कोल्टी, बाजुरा

बाजुरामा २२ हजार बढी बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । नौं वटा स्थानीय तह रहेको बाजुरामा २२ हजार ५ सय ४ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बालबालिकालाई फाइजर बायोएन्टेक खोप लगाउन लागेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

जसमा बुढीनन्दा नगरपालिकामा १ हजार ६ सय ९८, बडीमालिका नगरपालिकामा ३ हजार ३०, त्रिवेणी नगरपालिकामा ३ हजार ४ सय ८६, बढीगंगा नगरपालिकामा ३ हजार ९ सय ९ जना बालबालिका रहेका जिल्ला स्वास्थ्य बाजुराका जनस्वास्थ्य अधिकृत महेश चन्दले जानकारी दिनुभएको छ ।

त्यस्तै हिमाली गाउँपालिकामा १ हजार ८ सय ८९, जगन्नाथ गाउँपालिकामा २ हजार १ सय ५४, स्वामीकार्तिक खापर गाउँपालिकामा १ हजार ६ सय ५६, खप्तड छेडेदह गाउँपालिकामा ३ हजार ३ सय ८० र गौमुल गाउँपालिकामा १ हजार ३ सय २ जनालाई खोप लगाइने उहाँले बताउनुभयो । भाद्र ८ गते देखी १० गते सम्म ५ देखी ११ बर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप लगाइने उहाँले बताउनुभयो ।

नौं वटा स्थानीय तह रहेको बाजुरामा प्रत्यक खोप केन्द्रमा स्वास्थ्यकर्मी खटाइ पहिलो मात्रा भाद्र ८ देखि १० गते सम्म र दोस्रो मात्रा असोजमा लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

ताजा समाचार