LIVE FM

हलिया अधिकार कर्मीहरूले विभिन्न माग राख्दै नगरपालिकालाइ ज्ञापन पत्र बुझाए ।।

  • BFM
  •    
  • August 17, 2022

मिलन शाही

बाजुराका हलियाहरूले विभिन्न माग राख्दै नगरपालिकालाइ ज्ञापन पत्र बुझाएका छन । बुढीनन्दा नगरपालिका भित्र रहेका हलिया मा छुट मुक्त हलिया र हलिया परिचय पत्र पाएका पुनःस्थापन हुन बाँकी मुक्त हलियाहरूकाे अधिकारका लागि हलिया अधिकार कर्मीहरूले बुढीनन्दा नगर पालिकालाइ ज्ञापन पत्र बझाएका छन ।

मंगलबार हलिया अिधकार कर्मीकाे एक टाेलीले नगर प्मुख जनक कुमार बाेहाेरा र प्रमुख प्रशासकिय अधिकृत डा. विजय भुर्तेल लाई विभिन्न याेजनामा समाबेस शिक्षा ,स्वास्थ्य ,राेजगार, प्राविधिक शिक्षा ,सिपमुलक अायमुलक ,हलिया का बालबालिकालाई लाेकसेवा अायाेग कक्षा पढ्न सहयोग काे माग गर्दै ज्ञापन पत्र बुझाएकाे हलिया अधिकार कर्मी डबल विकले रेडियाे बुढीनन्दालाइ बताउनु भएकाे छ ।

मंगलबार नगरपालिकाकाे कार्यालयमा गएर हलिया अधिकार कर्मीले विभिन्न विषयमा छलफल संगै नगर प्रमुख जनक कुमार बाेहरा र प्रमुख प्रशासकिय अधिकृत डा. विजय भुर्तेल लाई राष्ट्रिय मुक्त हलिया समाज महासघं र जिल्ला हलिया मुक्ति समाज बाजुराको तर्फबाट ५ बुदे माग सहित ज्ञापनपत्र बुझाईएकाे थियाे।

ताजा समाचार

ताजा समाचार