LIVE FM

कामदारले पारीश्रमिक नपाएपछि न्यायिक समितिमा उजुरी

  • BFM
  •    
  • August 16, 2022

जीवन कैला

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ को दुर्सु पोग्रा खानेपानी योजनाको निमार्ण कार्यमा जुटेका स्थानियले रमक दिलाई दिन बुढीनन्दा नगरपालिका काे न्यायसक समितिमा उजुरी दिएका छन । स्थानिय कामदार नमराज मल्ल, नरबहादुर मल्ल, तपेन्द्र मल्ल, भुमी मल्ल, बाचुँ मल्ल र गोकर्ण ओली लगायतका १० जना स्थानियले काम गरे वाफतको रकम दिलाई दिन हिजो बुढीनन्दा नगरपालिकाको कार्यालयलाई निवेदन दिएका हुन । सदुरपश्चिम प्रदेश सरकारको आर्थिक लगानिमा निर्माण हुदै आएको पञ्चवर्षिय योजनाको दोश्रो वर्षको रकम एक महिना विति सक्दा पनि कामदारले नपाएको स्थानिय नमराज मल्लले गुनासो गर्नुभयो । दुर्सु पोगरा खानेपानी योजनाको निमार्ण कार्य सम्पन्न भई रकम निकासा भएको महिना दिन विति सक्दा पनि कामदारले पाउनु पर्ने रकम पाउन नसकेका उहाँले बताउनुभयो । ५० वढि कामदारको ५ लाख वढि रकम पाउन बाकि रहेको अर्का कामदार तपेन्द्र मल्लले बताउनुभयो ।

लामो समय सम्म पनि कामदारले पाउनु पर्ने पारीश्रमिकको हिसाव किताव नभएको र हिसाव किताव गर्नु पर्याे भन्दा उपभोक्ता समितिका पदाधिकारीले उल्टै धम्की दिने गरेको उहाँले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर मल्ल, कोषाध्यक्ष हिमानी मल्ल र सचिव मुकुन्द मल्लले कामदारको रकम वितरण गर्नुको सट्टा हामी रकम बाड्दैनांै, जे गर्न मन छ गरे हुन्छ, भन्ने धम्की दिएको उहाँले बताउनुभयो । भुक्तानि भएको रकम पचाउने मनसायमा रहेका उपभोक्ता समितिका पदाधिकारीलाई तत्काल दिलाई दिन नगर सरकारलाई निवेदन दिएको स्थानियले बताएका छन ।

खानेपानी निमार्ण उपभोक्ता समितिका सचिव मुकुन्द मल्लले भने बेला बेला कामदारको पंैसा बाँडांै भन्दा अध्यक्षले नमानेको बताउनुभयो । यता निमार्ण समिति अध्यक्ष मीनबहादुर मल्लले सचिव र कोषाध्यक्षका कारण रकम वितरणमा ढिलाई भएको बताउनुभयो । सचिव र कोषाध्यक्षले केहि रकम हिनामिना गरेका कारण कामदारलाई बाँड्नु पर्ने रकम नुपग्दा वितरण हुन नसकेको उहाँले बताउनुभयो ।

१० लाख ५० हजार रकम मध्य आफुलाई ७ लाख मात्र प्राप्त भएको र बाकि तिन लाख ५० हजार सचिव र कोषाध्यक्षले हिनामिना गरेको उहाँले बताउनुभएको छ । आफु संग भएको रकमले कामदारलाई वितरण गर्न नपुग्ने भएकाले सवंै रकम जम्मा गरांै र वितरण गरांै भन्दा सचिव र कोषाध्यक्षले आलटाल गर्ने गरेको उहाँले बताउनुभयो ।

ताजा समाचार