LIVE FM

जुम्ली खसभाषाको अभिलेखीकरण गर्ने भाषा आयोगको तयारी ।।

  • BFM
  •    
  • August 16, 2022

सिआइएन, काठमाण्डौं
भाषा आयोगले जुम्ली खसभाषा अभिलेख गर्ने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिया सुरू गरेको छ । खस भाषाको उद्गमस्थल भनेर जुम्लाको सिञ्जा उपत्यका मानिदै आएपनि अहिलेसम्म खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको छैन ।

खस भाषा दर्ताको लागि स्थानीय सरकारले समेत त्यसको अभिलेखीकरणको पहल थालेको हो । भाषा आयोगका प्रवक्ता गेहनाथ गौतमका अनुसार खसभाषा अभिलेखीकरणका विषयमा आयोगले प्रथामिकता दिएर काम अघि बढाएको छ । हालसम्म खसभाषाका २४ स्वर र ४१ वटा व्यञ्जन वर्णसमेत आयोगले तयार पारिसकेको छ । खस भाषाको उत्थान र विकास’का लागि खस भाषाको अभिलेख अपरिहार्य भएकोले अभिलेख गर्ने तयारी आयोगले गरेको हो ।

ताजा समाचार

ताजा समाचार