LIVE FM

धुपागाड खोलामा काठे पुल निमार्ण

  • BFM
  •    
  • August 16, 2022

जीवन कैला

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुईको धुपागाड खोलामा काठे पुल निमार्ण गरीएको छ । स्थानियलाई आवत जावतमा समस्या भएको भन्दै आज बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको टोलीले धुपागाड खोलामा काठेपुल निमार्ण गरेको हो । नगरपालिकाका प्रमुख जनक कुमार बोहोरा, उपप्रमुख रामबहादुर बोहोरा, वडा नं दुईका वडाअध्यक्ष नन्दराज गिरी, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक सुरझ शिहं लगायतको टोलीले धुपागाड खोलामा काठेपुलको ब्यवस्थापन गरेको हो ।

अविरल वर्षाका कारण सो खोलामा रहेको पुल बगे पछि स्थानियलाई आवत जावतमा समस्या संगै पुल विना खोला तर्नु पर्दा जोखिम पनि उत्तिकै हुने गरेको थियो । आवत जावतमा सहज होस र कुनै पनि प्रकारको क्षेति नहोस भन्ने उदेश्यले फलामे पुल नबन्दा सम्म तत्कालका लागि काठेपुलको निमार्ण गरीएको जनाईएको छ ।

ताजा समाचार