LIVE FM

स्वामीकार्तिक माध्यमिक विद्यालकाे कक्षा ११ को बार्षिक परीक्षाफल सार्वजनिक

  • BFM
  •    
  • August 1, 2022

नैनबहादुर शाही रेडियाे बुढीनन्दा

बाजुराको स्वामी कार्तिक माध्यमिक विद्यालयले कक्षा ११ को बार्षिक परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ । विद्यालयले आज एक सूचना जारी गर्दै गत जेठ अन्तीम साता देखि सञ्चालन भएको कक्षा ११ को परीक्षाको परीक्षाफल प्रकाशन भएको जनाएको हो । विद्यालयले बार्षिक परीक्षामा संलग्न नियमित र आंशिक समूहका ७५ जना सहभागि मध्य ६० प्रतिशत विद्यार्थी उर्तीण भएको जनाएको हो ।

परीक्षा सञ्चालन, ब्यवस्थापन, मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणिकरण समितिको निर्णय बमोजिम परीक्षाफल प्रकाशन गरेको विद्यालयका प्राचार्य कृपानन्द उपाध्यायले जानकारी दिनुभयो । विद्यालयले प्रकाशन गरेको नतिजामा परीक्षार्थीलाई चित्त नबुझि पुर्नयोग गर्न चाहेमा परीक्षाफल प्रकाशन भएको ७ दिन भित्र निवेदन दिई पुर्नयोग गर्न सकिने विद्यालयले जनाएको छ ।

विद्यालयले बार्षिक परीक्षामा नन गे्रड प्राप्त गरेका र सि भन्दा मुनिको ग्रेड प्राप्त गरी गे्रडबृद्धि गर्न चाहाने परीक्षाको ग्रेडद्धि परीक्षाको समय तालिका अर्को सूचना मार्फत जानकारी गराइने जनाएको छ ।

ताजा समाचार

ताजा समाचार