LIVE FM

काेल्टी बजारमा खानेपानी समस्या टरदै ।

  • BFM
  •    
  • August 1, 2022

सर्मिला राेकाया रेडियाे बुढीनन्दा

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा खानेपानीको समस्या तत्काललाई समाधान भएको छ । वडा नं दुईका वडा अध्यक्ष नन्दराज गिरीको सक्रियतामा खानेपानीको समस्या समाधान भएको स्थानीयले बताएका छन । बुढीनन्दा नगरपालिका वडा नं ४ कुरुको मनेपानी भन्ने मुहानबाट ल्याएको खानेपानीबाट प्रत्यक घरघरमा धाराका साथै ५ वटा च्यावर, ५ वटा ट्याकीं, ८ वटा सार्वजनिक धारा निमार्ण गरिएको र ३० वटा धारा आवश्यकता अनुसार वितरणका लागि वाकी राखिएको बताइएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी कोल्टी स्थित शिवमिलन पार्कमा रहेको सार्वजनिक धाराको नगर उपप्रमुख राम बहादुर बोहोराले धाराको टुटी खालेर उद्धघाटन गर्नुभएको छ ।

उद्धघाटन कार्यक्रममा बुढीनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपाने, वडा नं एकका वडा अध्यक्ष मान बहादुर कार्की, २ का वडा अध्यक्ष नन्दराज गिरी, वडा नं ४ का निर्वतमान वडाध्यक्ष राजन कुमार रोकाया, महिला अधिकार मञ्चका अध्यक्ष शुशिला शाही लगायतको सहभागिता रहेको बताइएको छ ।

ताजा समाचार