LIVE FM

एकिकृत समाजवादी स्वामीकार्तिककाे बैठक सम्मन्न ।

  • BFM
  •    
  • July 26, 2022

सर्मिला राेकाया

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेकपा एकिकृत समाजवादीको पहिलो वैठक सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादी स्वामीकार्तिक गाउँ कमिटीको वैठक गाउँपालिकाको केन्द्र वाई सुईजीउलामा सम्पन्न भएको हो । पार्टीका सम्पुर्ण पदाधिकारी सम्मिलित वैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको समिक्षा, गएको स्थानिय निर्वाचनमा गाउँपालिकाको वडा नं एकबाट वडा सदश्यमा निर्वाचित पार्टीका नेता असारे कार्की, महिला वडा सदस्लय गायतका पदाधारी जनप्रतिनिधिलाई वधाई, गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले तयार पारेका निति तथा कार्यक्रमको समिक्षा, गाउँपालिकाले हटाएका करार कर्मचारीको समिक्षा, विवादित वनेको वडा नं एकको वडा कार्यालयको विषय टुगांउने, वडा कमिर्टीको वैठक नियमित सञ्चालन गर्ने लगायतका विविध विषयमा छलफल गरीएको छ ।

गाउँ कमिटीका अध्यक्ष पवन रोकायाको अध्यक्षतामा सञ्चालित वंैठकमा नेकपा एकिकृत समाजवादिका प्रदेश कमिटी सदश्य चीरन्जीवी शाही रहनुभएको थियो । त्यस्तै जिल्ला कमिटी सचिवालय सदश्यहरू पुर्ण वुढा, सतल विक, अनिल बहादुर शाही, लोकेन्द्र शाही, धन विक, अग्नीराज शाही, धर्म महतारा, कर्णशिहं कठायत, गम्म महतारा, महेश धामी, वाँचे विक, सिङ्गे कामी, समाजवादी प्रेस संगठन प्रदेश कमिटी सदशय उमेशजगं शाही, वडाकमिटी तथा गाउँ कमिटीका सम्पुर्ण पदाधिकारीको सहभागिता रहेको गाउँ कमिटीका सह सचिव गोकर्ण शाहीले जानकारी दिनुभयो ।

एकिकृत समाजवादिले स्वामीकार्तिक गाउँपालिका अध्यक्षलाइ बुझायाे ज्ञापन पत्र ।

नेकपा एकिकृत समाजवादिले विभिन्न माग तत्काल संम्वोधन गर्न गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्र्तगत पुर्वतह गाउँपालिका स्तरीय राष्टिय गांैरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र वुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञेप्तीमा गाउँ प्रशोधन केन्द्र सञ्चालन, ह्याचरी, रयाप्टीगं, लिप्ट ईरीगेशन, भेडापालन, गाउँपालिकाका वासवोड सञ्चालन, सडकको स्तरउन्नती र विद्युतबाट वञ्चित गाउँ तथा वस्तिमा तत्काल विद्युत्त सेवा सुचारु लगायतका योजनालाई तत्काल कार्यन्वयन गर्नु पर्ने उल्लेख गरीएको छ ।

त्यस्तै मुक्तिकोटका कोभिड प्रभावित श्रमिकले पाउनु पर्ने रकम विनियोजन गरी भुक्तानि गरीनु पर्ने, आर्थिक वर्ष २०७८ ७९ को निति तथा कार्यक्रम र कार्यपालिकाको निर्णय वेगरका योजनामा भुक्तानि भएको छानविन गरी सत्य तथ्य वाहिर ल्याउनु पर्ने, करार कर्मचारीको सन्दर्भमा भएको निर्णयले गर्दा सेवा प्रवाहामा वाधा पुगेको हुदा तत्काल नियम कानुन कार्यसम्पादनको आधार म्याद थपिनु पर्ने लगायतका माग पनि ञापन पत्रमा उल्लेख गरीएका छन । त्यस्तै राजनिति आग्रह पुर्वाग्रह अनुसार जनप्रतिनिधि र कर्मचारीको सेवाग्राहिलाई पुर्वाग्राहिका आधारमा भेदभाव गरीएकोले सो गलत कार्य वन्दगरी विना पुर्वाग्राहि सेवा प्रवाहा गरीनु पर्ने, आर्थिक वर्ष ७९ ८० मा गाउँपालिकाले तय गरेको निति तथा कार्यक्रममा महिलालाई मात्र उपभोक्ता समितिमा राख्ने भन्ने कुराले नेपालको संविधान र समावेशी मुल्य मान्यता विपरीत भएकोले तत्काल संशोधन गरी उपभोक्ता समिति समावेशी वनाउनु पर्ने र वडा नं एकको वडा कार्यालय केन्द्र हाल सम्म विवादित भएकोले सम्वन्धित वडाका जनप्रतिनिधिले निर्णय गरे वमोजिम तत्काल कार्यन्वयन गरी सेवा प्रवाहा गर्नु पर्ने लगायतका माग राख्दै नेकपा एकिकृत समाजवादीले गाउँपालिकालाई ज्ञापन पत्र वुझाएको छ ।

ताजा समाचार

ताजा समाचार