LIVE FM

ताँजाकाेटका अध्यक्ष जैशीकाे पहलमा सुत्केरीको हेलिकप्टरबाट उद्दार

  • BFM
  •    
  • July 22, 2022

जिबन कैला बाजुरा

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष लाकेश जैशीकाे पहलमा एक जना सुत्केरीकाे उद्दार गरिएकाे छ । ताँजाकाेट गाउँपािलका वडा नं. ४ की एक सुत्केरीको शुक्रबार हेलिकोप्टर मार्फत उद्दार गरिएको छ । वाड न. ४ काउलाकी दिलमाया शाही २४ घण्टा भन्दा बढी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि उद्दार गरिएको हुम्लाबाट हाम्रा सहकर्मी बैज्ञानिक सर्माले बताउनुभएकाे छ । हेलीकप्टरमार्फत आज १ बजे , ताजाकोटबाट सुर्खेत पठाइएको र अहिले प्रदेश अस्पताल वीरेन्द्रनगर सुखेतमा उपचार भइरहेको छ ।
सुत्केरी बेथालागेकी शाहीले बच्चा जन्माउन नसेकपछि ताजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीकाे पहल र जिल्ला प्रशासन कार्यालय र राष्ट्रपति उद्दारकोषले उनलाई उपचारको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएका थिए । उनिहरुले विहानैदेखि उद्दार गरेर सुर्खेत पठाउन खोजेपनि खराब मौसका कारण १ बजे मात्रै उद्दार गर्न सफल भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयाे ।

हुम्ला जिल्लामा स्वास्थ्य सेवाको राम्राे अवस्था नहुनु र यातायातको अभावको कारण वर्षेनी दर्जानौं सुत्केरी महिलाहरु यस्तै समस्याबाट गुज्रने विषय नयाँ भने होइन । सुत्केरी मात्रै नभएर अन्य जटिल प्रकारका रोगहरुले सायौं हुम्ली र हजारौंक कार्णाली वासी यस किसिमको समस्याबाट पीडित छन्, कायौंले अकालमा ज्यान गुमाउनु परेका अवस्था छ ।

कर्णालीका लागि स्वास्थ्य सेवा लगायत विभिन्न सेवासुविधा जुम्ला जिल्लामा केन्द्रीत गरिएपनि जुम्ला बाहेकका अरु जिल्लाहरुको लागि फाइदाजनक नभएको स्थानियहरु गुनासो व्यक्त गर्दछन् । हुम्लाकाे ताँजाकाेटमा सडक यातायातका साधन चले पनि लगातारकाे बर्षाले बाटाे अबरूद्ध हुदा यातायातका साधान समेत चलिरहेका छैन्रन् ।

ताजा समाचार