LIVE FM

सरकारले डिजिटल नेपाल, विद्युतीय सुशासन, कागजरहित प्रणाली आदिको परिकल्पना गरेको छ ।

  • BFM
  •    
  • July 19, 2022

‘तेस्रो पक्ष हायर गर्दा कार्यालयका सूचना प्रविधिसम्बद्ध कर्मचारीले निरीक्षकका रूपमा काम गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डे भन्छन्, ‘आउटसोर्सिङ गर्ने चलन अन्य देशमा पनि छ । आउसोर्सिङ गर्दा कार्यालयका कर्मचारीले मोनिटरिङको जिम्मा लिन्छन् ।’ हामीकहाँ भने सावर्जनिक निकायका सूचना प्रविधिसम्बद्ध कर्मचारीलाई बिग्रेका कम्प्युटर बनाउने, नेटवर्कमा आएको समस्या सुल्झाउनेजस्ता प्राविधिक काममा अल्झाइने गरेको आईटी कर्मचारीहरूको गुनासो छ ।

सरकारले डिजिटल नेपाल, विद्युतीय सुशासन, कागजरहित प्रणाली आदिको परिकल्पना गरेको छ । यसका लागि सरकारी कार्यालयका सूचना प्रविधिसम्बन्धी जनशक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ । तर डिजिटल प्रणालीबारे कुनै निर्णय लिँदा हार्डवेयर, सफ्टवेयरलगायत पूर्वाधार निर्माण वा खरिद गर्दा होस् या सूचना प्रविधिसम्बन्धी कुनै योजना बनाउँदा, कार्यालयका सूचना प्रविधि शाखाका कर्मचारीको राय–सुझाव नलिइने गरेको आईटी–कर्मचारीहरूको दाबी छ ।

यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेललाई आफूहरूको दक्षताको सदुपयोग हुन नसकेको भन्ने लाग्छ । कार्यालयमा बिग्रेका प्रविधिको मर्मत–सम्भारमै दिन बित्ने गरेको उनले बताए । ‘हाम्रो कार्यालयमा जम्मा दुईजना कम्प्युटर इन्जिनियर छौं, प्रविधि जोडिएका सबै काम भ्याउनुपर्छ,’ उनले भने, ‘हाम्रो (पढाइ र दक्षताको) सदुपयोग नै हुन सकेको छैन ।’ प्रशासन र आईटीको कर्मचारी एउटै पदको भए पनि आईटीका कर्मचारीलाई अलि तल्लो जस्तो व्यवहार गरिने युवा तथा खेलकुद मन्त्रालयका कम्प्युटर अपरेटर विनय भण्डारीको गुनासो छ ।

ताजा समाचार