LIVE FM

संरचना भए पनि सरकारी आईटीको काम तेस्रो पक्षलाई

  • BFM
  •    
  • July 19, 2022

काठमाडौँ — सरकारी कार्यालयहरूमा जति पनि वेबसाइट, एप्लिकेसन वा सफ्टवेयर बन्छन्, तीमध्ये अधिकांश तेस्रो पक्षमार्फत बनाइन्छन् । कार्यालयमा सूचना प्रविधिसम्बन्धी कर्मचारी भए पनि उनीहरूको जानकारीबिनै प्रणाली निर्माणका काम तेस्रो पक्षमार्फत गराउने गरिएको छ ।

‘सफ्टवेयर बनिसकेको हुन्छ, हामीलाई थाहै हुँदैन,’ हालै आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२२ कार्यक्रममा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयकी सूचना प्रविधि निर्देशक सलिना डंगोलले भनेकी थिइन्, ‘हामी पूर्ण रूपमा कन्सल्ट्यान्टमा निर्भर छौं । हाम्रो जानकारीबिनै प्रशासनका व्यक्तिले कन्सल्ट्यान्ट हायर गर्छन् । त्यो बिजनेसको कुरा पनि होला ।’ सूचना प्रविधिमा धेरै क्षेत्र भएकाले परामर्शदाता वा तेस्रो पक्षमार्फत काम लिनु सामान्य भए पनि यस विषयमा कार्यालयका सम्बन्धित शाखाका कर्मचारीलाई जानकारी नदिइनु अस्वभाविक भएको सूचना प्रविधिका जानकारहरू बताउँछन् ।

ताजा समाचार