LIVE FM

नयाँ ठेक्कासाउनभित्रै होला ?

  • BFM
  •    
  • July 19, 2022

काठमाडौँ — सरकारी निकायहरूले अब कुनै पनि आयोजनामा नयाँ ठेक्का गर्नुपरे आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनभित्रै लगाउनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष ०७९/८० को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनले साउन मसान्तभित्रै वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान स्वीकृत गरी ठेक्का आह्वान गरिसक्नुपर्नेछ । असोज मसान्तभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गरिसक्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ । ठेक्का सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्ने गरी कार्यादेश दिने व्यवस्था मिलाउन पनि सुझाइएको छ ।

ताजा समाचार