LIVE FM

चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी

  • BFM
  •    
  • May 30, 2023

चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा हिजो सबैभन्दा तातो दिन अभिलेख गरिएको जनाएको छ ।

मौसम विज्ञले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्लो हप्ता विगतका रेकर्ड तोडिएको बताएका छन् ।

हिजो साङ्घाईको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा उच्च तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । भारतका केही भागमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

त्यस्तै, बङ्लादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

ताजा समाचार

ताजा समाचार